मेलिनाले यसरि गरिन कान्छा लाई गीत गाउन अनुरोध (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका मेलिना राइको स्वर रहेको ‘गाइदेउन गीत ए कान्छा’ बोलको नयाँ गीत र गीतको भिडियो रिलिज गरियो । लोक आधुनिक शैलीमा तयार पारिएको गीत तथा गीतमाथी बनेको भिडियो राजधानीमा एक कार्यक्रमका बिच सार्बजनिक गरिएको हो ।

नाचौँ नाचौँ लाग्ने गीतमा प्रमोद श्रेष्ठको शब्द तथा टंक बुढाथोकीको संगीत रहेको छ । नबिन निरौलाको सम्पादन,ज्ञानेन्द्र शर्माको छायांकन र गम्भिर बिष्टको निर्देशनमा बनेको गीतका निर्माता भने नबिन बुढाथोकी हुन । भिडियोमा केही कोरसका साथमा नव प्रतिभा अस्मिता बुढाथोकीले मोडलिङ गरेकी छन् ।