मेघा धाराबाहिक ‘डियर जिन्दगी’ नयाँ भाग सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपालकै पहिलो र अग्रणी टेलिभिजन च्यानल नेपाल टेलिभिजन बाट प्रत्येक बुधबार बेलुकी ७ बजे देखि ७.५० सम्म मेघा धाराबाहिक ‘डियर जिन्दगी’को नयाँ भाग यु ट्युबमा सार्वजनिक गरिएको छ । छोटो समयमा नै लोकप्रिय भइ रहेको फिल्मी शैलीको यस डियर जिन्दगिका मुख्य पात्र नेपाली सिने उद्योगका डर लाग्दा भिलेन राते काईला अर्थात् सुनिल थापा हुन् । उनले टेलिभिजनमा यति लामो अभिनय गरेको सिरियल यो नै हो यस मा सुनिल थापाको भिलेन रुप भन्दा पनि वास्तविक अभिनय रोना धोना र इमोसन हेर्न पाइन्छ ।

रिटायर्ड आर्मी कर्नेलको भूमिकामा देखा परेका थापा र उनकै छोरी जिन्दगि अर्थात् श्रेया कार्कीको जिन्दगि वरिपरीको कथा नै डियर जिन्दगि हो जिन्दगि हामीले सोचे जस्तो हुँदैन फिल्म कथा र उपन्यासका पात्रहरु जस्तो पनि हुँदैन । कहिले दुख हुन्छ कहिले सुख कहिले हाँसो त कहिले रोदन कहिले उकाली त कहिले ओराली आखिर जे भए पनि जिन्दगि जिन्दगि नै हो । एक चोटी पाइन्छ पटक पटक पाइदैन । त्यसैले जिन्दगिलाइ स्वीकार गर्ने पर्दछ, हाँसी हाँसी जिउनु पर्छ । जिन्दगिलाइ खुसि संग बिताउनु पर्दछ त्यो नै डियर जिन्दगि हो ।

डियर जिन्दगिमा सुनिल थापा संगै शुष्मा कार्की,श्रेया कार्की,अन्जु निरौला,बसन्त पोखरेल,सुबास पराजुली,संजय खतिवडा,सुनिल बस्नेत,पुस्कर जंग थापा,राम कृष्ण बिसी,एजे गौतम,सोमिया सामत,डीबी बम्जन,एलिना खनाल,निशा घिमिरे,प्रदिप सिंह थापा लगाएतका कलाकारको अभिनय रहेको छ । यस शृंखलामा रघुनाथ सापकोटा सह निर्माता,साजन घिमिरे च्यानल निर्माता,रबिन्द्र कुमार रिजाल शशि एसोसियट निर्माता,छायाँकार मच्छे नारायण श्रेष्ठ,सम्पादन धुर्ब पराजुली ‘प्रज्वलित’,लेखन तथा शृंखला निर्देशन बसन्त पोखरेल निर्माता वेब एच डि टेलिभिजन,गीत कथा तथा निर्देशन जनक दीप पराजुलीको रहेको छ ।