मिडिया संग रेखाको चित्तदुखाई ‘मेघास्टार’ र ‘महानायिका’ नभनेको गुनासो


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री रेखा थापा संख्यात्मक रुपमा अन्य अभिनेत्री भन्दा धेरै संख्यामा चलचित्र खेल्ने अभिनेत्रीको लिस्टमा पर्दछिन उनले अभिनय गरेका कति चलचित्रले राम्रो ब्यापार गरे भने कति चलचित्र डुबे अभिनेत्री पनि नायक बन्न सक्छ भन्ने ट्रेन्ड नेपाली चलचित्रमा उनले नै सुरु गरेकी हुन् तर पछिल्लो समय उनका चलचित्र व्यक टु व्यक फ्लप भई रहेका छन् ।

नम्वर वान नायिकाको ट्यागमा वर्षौदेखि लागि परेकी उनले आफूलाई ‘मेघास्टार’ र ‘महानायिका’ नभनेकोमा चित्तदुखाई रहेको बताएकी छिन । ‘रमाइलो छ’ अनलाइनको प्रथम बार्षिकोत्सवको अवसरमा प्रकाशित स्मारिकामा एक लेख खेल्दै उनले मिडियाले आफूलाई ‘मेघास्टार’ र ‘महानायिका’ नभनेकोमा दुखेसो पोखेकी छिन ।

उनी लेख्छिन्, ‘पन्ध्र वर्ष भयो ‘ब्याक टू ब्याक’ हिट फिल्म दिएको, त्यो पनि एक्लैको भरमा । हिरोइन पनि हिरो बन्नसक्छ भनेर देखाएँ । तर आज मलाई ‘मेघास्टार’ र ‘महानायिका’ भन्न डराउँछन् । तिनै पत्रकार १-२ हिट चलचित्र दिएको भरमा नयाँलाई ‘मेघास्टार’ भन्न हिच्किच्याउँदैनन् । यो एकदमै गलत कुरा हो ।’

उनको यो गुनासो मिडियामाथि भएपनि सुपरस्टार अनमोल केसीलाई ‘मेघास्टार’ भनिएको प्रति थियो । सञ्चारकर्मी नरेश भट्टराई र केही प्रशंसकबाहेक अनमोललाई मिडियाले ‘मेघास्टार’ को ट्याग दिएको छैन । तर, उनले मिडियामाथि नै सबै दोस थोपरेकी छिन् ।