‘मट्टिमाला’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘मट्टिमाला’ ट्रेलर सार्बजनिक गरिएको छ सार्वजनिक गरिएको छ । बुद्धी तामाङ (हैट) र रजनी गुरुङ (मङ्गली) को मुख्य भूमिका रहेको यो चलचित्र यहि जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’का चर्चित जोडीको रुपमा चिनिएका यी दुई कलाकार पहिलो पटक ठुलो पर्दामा देखिन लागेका हुन् । चलचित्रमा यी दुईको साथमा टोनी जाका नामले परिचित चिरन राई, पृथ्वि राई लगायतको अभिनय छ । चलचित्र टेक पौरखीले लेखन तथा निर्देशन गरेका हुन् भने निर्माताको रुपमा पृथ्वि रहेका छन् । चलचित्रमा क्यामेरा राहुल राई, सम्पादन अनिल कुमार महर्जन, संगीत सुमन राईको रहेको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३