मनिषा कोइरालाले गरिन अस्पताललाइ एक लाख सहयोग


सेलिब्रेटी नेपाल काठमाडौँ

गरिब परिवारको अर्बुद (क्यान्सर) रोग उपचारमा सहयोग गर्ने उद्देश्यले अभिनेत्री मनिषा कोइरालाले नेसनल क्यान्सर अस्पताल, ललितपुरलाई एक लाख आर्थिक सहयोग गरेकी छिन । जावलाखेलस्थित सो अस्पतालले विपन्न परिवारका बिरामीको उपचारमा उक्त रकमलाई सदुपयोग गर्ने जनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको एक लाख बराबरको उपचार सेवासमेत अस्पतालले निःशुल्क प्रदान गर्दै आएको छ ।

अस्पतालका अध्यक्ष डा मदनकुमार पियाका अनुसार अस्पतालले त्यहाँ उपचारका लागि आउने गरिब परिवारका बिरामीलाई निःशुल्क उपचारसमेत गराइएको जानकारी दिइन् ।
सोही अस्पतालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करिब ८०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । विशेष गरी क्यान्सर रोगीका लागि लक्षित गरिएको उक्त शिविरमा अधिकांशले स्तन, पाठेघर, पेटका रोगीले अर्बुद (क्यान्सर) रोगसँग सम्बन्धित सबै परीक्षण गराएका छन् ।

अर्बुद (क्यान्सर) रोगको निःशुल्क परीक्षण गर्ने सूचना पाएपछि काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट अस्पतालमा सेवा लिन आउनेको भीड लागेको थियो । उक्त शिविरमा थाइराइड, मधुमेह, स्त्री रोग, जनरल सर्जरी, नाक, कान घाँटीलगायतको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएको अस्पतालका अध्यक्ष डा पियाले जानकारी दिए । शिविरमा पाठेघर तथा अर्बुद रोगका पहिचानका लागि गरिने मेमोग्राम तथा रगतको परीक्षणमा ३० देखि १०० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो ।