‘मंगलम’ ट्रेलर रिलिज शिल्पाको वरिपरि पुष्प र पृथ्वी


सेलिब्रेटी नेपाल काठमाडौँ

छबिराज ओझाको चलचित्र ‘मंगलम’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्बजनिक गीत ‘पर्ख पर्ख मायालु’ र ‘बम्पर उपहार’ ले राम्रो प्रतिक्रिया पाए संगै चर्चामा आएको चलचित्रको ट्रेलरको प्रतिक्षा थियो । फागुन २५ गते बाट प्रदर्शनमा आउने भएको छ । नायिका शिल्पा पोखरेल प्रस्तुतकर्ता रहेको चलचित्र ‘मंगलम’लाइ नवल नेपालले निर्देशन गरेका हुन् । शिल्पा पोखरेल,पुष्प खड्का र पृथ्वीराज प्रसाईंको वरी परि घुमेको कथाको ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि अटाएकी छिन् ।

चलचित्रमा मिथिला शर्मा, नीर शाह लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । चलचित्रको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ ।