‘मंगलम’ ले दर्शकको साथ पाएका बेला पुष्प र शिल्पा भन्दैछन भन के गरूँ..(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मंगलम’ ले दर्शक मन जिती रहेको छ । चलचित्रले राम्रो प्रतिक्रिया पाई रहंदा निर्माण टिमले चलचित्रमा समाबेश स्याड संगस रिलिज गरेको छ । पहिले सार्बजनिक गरेको चलचित्रमा समाबेश पर्ख पर्ख मायालुले दर्शक माया पाई सकेको छ । सार्बजनिक भन के गरूँ बोलको गीतमा राज सिग्देल र जुनु रिजालको स्वर रहेको छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा संगीत दिपक शर्माको रहेको छ। गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

नवल नेपालको लेखन तथा निर्देशनमा तयार भएको पारिवारिक प्रेमकथात्मक ‘मंगलम’ लाई दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ । छविराज ओझा कार्यकारी निर्माता रहेको ‘मंगलम’मा शिल्पा पोखरेल , पुष्प खड्का, पृथ्वीराज प्रसाईँ, नीर शाह, मिथिला शर्मा मुख्य भूमिकामा रहेका छन् भने, नायिका साम्राज्ञी केमियो भूमिकामा छिन् । चलचित्रको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् । ‘मंगलम’ मा विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ ।