मन थुलुङलाई दार्जिलिङ सहर घुम्ने रहर (भिडियो)


man-thulung
दार्जिलिङ घुम्ने रहर कसको नहोला र ? हेर्दै प्रकृतिले मनमोहक पहाडी सहर दार्जिलिङमा रेल चढेर आफ्नो मायालुलाई घुमाउन इच्छा गर्नेहरु पनि थुप्रै भेटिन्छन् । यस्तै, गायक तथा संगीतकार मान थुलुङ राईलाई पनि दार्जिलिङ सहर घुम्ने सहर जागेको छ । तर, उनलाई आफूसँगै रोहनीलाई पनि घुमाउँने मन छ । मान थुलुङको एउटा गीतको भिडियो सार्वजनिक भएको छ, जसमा उनले दार्जिलिङ घुम्ने इच्छा व्यक्त गरेका छन् । ‘दार्जिलिङ सहर…’ बोलको गीतमा गायक मान थुलुङसँगै रोहनीले अभिनय गरेका छन् । यस गीतमा जानुको राईको पनि स्वर रहेको छ । मानकै संगीत रहेको यस गीतको शब्दरचना प्रकाश र मानको रहेको छ । रेड हर्स प्रोडक्शनले तयार गरेको यस भिडियोलाई दीलिप समनले निर्देशन गरेका हुन् । दीलिपकै छायांकन रहेको यस भिडियोलाई ओम प्रसाइँले सम्पादन गरेका हुन् ।