मलेसियामा हरिराया कन्सर्ट धमाका नेपाली कलाकारले नचाउने


सेलिब्रेटी नेपाल मलेसिया

मुस्लिम हरुको महान चाड हरिरायाको अबसर पारेर जनउद्धार केन्द्र पेनाङ्ग मलेसियाले पेनाङ्गको विभिन्न स्थानमा नेपाल बाट ख्यातिप्राप्त कलाकारहरु बोलाइ सांगीतिक कोसेली प्रस्तुत गर्ने भएको छ । स्थापनाको नवौ महिना पार गरेको यस संस्थाले विभिन्न चरणमा मलेसियाका जेलमा कष्टकर जीवन बिताइरहेका र पिडित बिरामी नेपाली श्रमिक हरुलाई नेपाली दुताबास मलेसिया संगको सहकार्यमा नेपाल पठाउदै आएको छ ।

गत नया वर्ष २०१८ को अवसर पारेर मलेसियामा रहेका श्रमिक नेपाली कलाकार हरुलाई समेटेर पहिलो सांगीतिक कार्यक्रम गरेको यस संस्थाले यसपटक नेपाल बाट ख्यातिप्राप्त कलाकार हरु मनोज गजुरेल, दुर्गेश थापा, डोली सरकार, फुलमाया केसी र मेसम खाती लाइ ल्याएर आफ्नो दोस्रो सांगीतिक कोसेली प्रस्तुत गर्ने जमर्को गरेको संस्थाका संस्थापक केशु थापाले जानकारी गराए। जुन १५ तारिख पेनाङ्गको बिएम स्थित देवान हल त्यसैगरि जुनको १६ तारिख पेनाङ्गकै बुकिट जाम्बुल स्थित भिस्ताना होटलमा नेपालबाट आएका कलाकार र स्थानीय कलाकार हरुको जोडदार प्रस्तुति रहने संस्थापक केशु थापाले जानकारी दिए ।