महानायक हमालले वितरण गरे बाढी पिडित लाई राहत


सेलिब्रेटी नेपाल काठमाडौँ

महानायक राजेश हमालले सर्लाहीका बाढी र डुवान पिडितलाई राहत वितरण गरेका छन् । सर्लाहीको सकरौल, सिवनगर, बिनगर्राका पिडितलाई राहत वितरण गरेका हुन् । सर्लाहीको सकरौल, सिवनगर, बिनगर्राका पिडितले राहात नपाएको भन्ने समाचार सञ्चार माध्यममा प्रकासीत भएपछि उनि राहत बोकेर काठमाण्डौबाट सर्लाही झरेका हुन् । उनि संगै सामाजिक अभियन्ता नविन यादव र आफ्नो कपाल काट्ने सहयोगी राम ठाकुर पनि पुगेका थिए ।

हमालले करिब १ सय ५० घर परिवारलाई राहात वितरण गरेका छन् । उनले प्रति परिवार २० किलो चामल, ५ किलो दाल, १ लिटर तेल, चाउचाउ र वृद्धवृद्धालाई ओढ्ने वितरण गरेका छन् ।