सेलेब्रिटी नेपाल कार्तिक २८-नेपाली साहित्यका हस्ती महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १०४ औं जन्मजयन्ती । देशभर विभिन्न साहित्यिक कार्यक्रमगरी महाकवि देवकोटाको स्मरण गरिदैं छ ।नेपाली साहित्यमा सर्वाधिक चर्चित र सबैभन्दा बढी पढिएका देवकोटा आँसु कविका रुपमा समेत परिचित छन् । साहित्यका सबैजसो विधामा अब्बल कलम चलायका बहुमुखी प्रतिभाका धनी देवकोटाका सवै कृतिको नेपाली साहित्य भण्डारमा उचों छ ।देवकोटाले आफ्नो जीवनमा चर्चित खण्डकाव्य मुनामदन नेपाली साहित्यलाई दिएका छन् । जुन नेपाली साहित्यको आजसम्मकै सर्वाधिक विक्री र सर्वाधिक रुचाइएको गहन कृति भएको विज्ञहरुको भनाई छ ।देवकोटाले ‘कुञ्जिनी’ खण्डकाव्य एकैदिनमा, ‘शाकुन्तल’ महाकाव्य तीन महिनामा, ‘सुलोचना’ खण्डकाव्य १० दिनमा लेखेका थिए ।नेपाली साहित्य भण्डारलाईको श्रीवृद्धिमा अतुलनीय योगदान दिएका देवकोटोको जन्म वि.सं १९६६ लक्ष्मीपूजाका दिन पिता तिलमाधव र आमा अमर राज्यलक्ष्मी देवीका तेस्रो छोराका रुपमा काठमाडौंको धोविधारामा भएको थियो ।देवकोटाको मृत्यु २०१६ भाद्र २९ गते क्यान्सर रोगबाट भएको थियो । देवकोटा आफ्नो जीवनमा शिक्षामन्त्रीसम्म भएका थिए ।
सम्बधित पोस्टहरु
विपिनलाई लिएर ‘पहाड’ निर्देशन गर्दै तुलसी
विगत ७ वर्ष यता कुनै सिनेमा निर्देशन नगरेका तुलसी घिमिरेले नयाँ सिनेमा ‘पहाड’ निर्देशन गर्ने भएका छन्। आफ्नो सबैभन्दा सफल सिनेमा ‘दर्पण छायाँ’को सिक्वल असफल भएपछि उनले कुनै निर्देशन गरेका थिएनन्। विपिन...
‘फर्की फर्की’को ट्रेलर रिलिज,
अनमोल केसीको नयाँ सिनेमा ‘फर्की फर्की’को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरलेमा अनमोल आफ्नो पुरानै चक्लेटी स्टाइलमा प्रस्तुत भएका छन्। साथै उनलाई रिसाहा तथा सन्काहा स्वभावमा पनि प्रस्तुत गरिएको छ। ‘टाइम...
विराटनगरमा ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया
काठमाडौँ। कोशी प्रदेशका कलाकारहरूसंग ‘सिने समस्या र समाधान’ नामक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश समितीले आयोजना गरेको हो । बैशाख ३ गते नयाँ वर्ष २०८१ सालको अवसर तथा विश्व...
‘वर एन्ड बधू’ दोस्रो सेड्युलको छायाँकन सुरु,टिममा जोडीइन् कुशुम शर्मा
काठमाडौंँ । सिनेमा ‘वर एन्ड बधू’ को दोस्रो सेड्युलको छायाँकन सुरु भएको छ । बुधबार ललितपुरको महालक्ष्मी मन्दिरमा पूजा गर्दै सिनेमाको दोस्रो सेड्युलको छायांकन सुरु गरिएको हो । निर्देशक मिलन चाम्सको निर्देशन रहने सिनेमाको पहिलो...
उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय सिनेमा ‘मनसरा’को ट्रेलर रिलिज
काठमाडौँ। कवि तथा निर्देशक उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय सिनेमा ‘मनसरा’को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सिनेमाको ४ मिनेट बढि लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर र यसअघि टिजरले भनेका...
प्रेमी विष्णुसँग एलिना चौहानले कसिन लगनगाँठो
गायिका एलिना चौहानले आफ्ना प्रेमी विष्णु सापकोटासँग लगनगाँठो कसेकी छन्। चौहानले सापकोटासँग झापामा लगनगाँठो कसेकी हुन्। सापकोटा बाङलुङबाट जन्ती लिएर मंगलवार झापा पुगेका थिए। उनी साँझमा भएको मेहेन्दी समारोहमा सहभागी बनेका थिए। केही...