मह,दिपा,दिपक कमेडीका हस्ती कलाकार एकै चलचित्रमा


सेलिब्रेटी नेपाल काठमाडौँ

डेब्यु चलचित्र जात्रा बाट सफल बनेका निर्देशक प्रदिप भट्टराईको निर्देशनमा बन्न लागेको दोस्रो चलचित्र ‘शत्रुगते’ को शुभ मुहर्त सम्पन्न भएको छ मुहर्त संगै चलचित्र युनिट छायाँकनको लागि बिरगंज प्रस्थान गरेको छ राजधानीको कमलादी गणेस्थानमा चलचित्रको शुभ मुहर्त सम्पन्न भएको हो मह संचारको प्रस्तुतिमा किरण के.सिको निर्माणमा चलचित्र बन्न लागेको हो हरिवंश आचार्यको कथा रहेको चलचित्रमा दिपकराज गिरि र प्रदिप भट्टराईको पटकथा रहेको छ।

चलचित्रमा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कन्सकार, दिपकराज गिरि, दिपाश्री निरौला र शिवहरी पौडेल निर्माताको रुपमा रहेका छन्। मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य,दिपकराज गिरि, ,दिपाश्री निरौला,प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल , किरण केसि, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहने छ। दिर्घ गुरुङको छायांकन रहने चलचित्रमा राजनराज शिवाकोटीको गीत र संगीत रहेको छ भने कविराज गहतराजले कोरियोग्राफी गर्ने छन् ।