कतारमा ‘मधेशी पुत्र २’


सेलिब्रेटी नेपाल काठमाडौँ

मधेशको कथा उठाईएको चलचित्र ‘मधेशी पुत्र २’ चैत्र ९ गते बाट नेपाल प्रदर्शनमा आएको थियो । नेपालमा खासै राम्रो ब्यापार गर्न नसकेको चलचित्र यति बेला विदेश प्रदर्शन जुटेको छ चलचित्रको कतारमा प्रदर्शन गरिएको छ। चलचित्रको कतारमा भएको शो मा उलेख्य दर्शकको उपस्थिति रहेको चलचित्रका कलाकार तथा निर्देशक निराजनले जानकारी गराए । अब छिट्टै चलचित्रको दुबई र मलेसियामा शो हुने पनि निर्देशकले जानकारी गराए ।

नेपाली र भोजपुरी दुवै भाषामा रहेको यस चलचित्रले समग्र देशको राजनीतिक कथा लाई उठाएको छ । बिशेष मधेस आन्दोलनको कथा उठाएको यस चलचित्र लाइ निर्देशक निराजन कुमार मेहेताले निर्देशन गरेका हुन् ।

चलचित्र ‘मधेशी पुत्र २’ निर्माता उदित नारायाण शाह अरुणको लगानीमा निर्माण भएको हो । चलचित्रमा निराजन कुमार मेहेता, निशा घिमिरे, धुर्ब कोईराला , प्रविन लाल यादब , मनोज राज देब यादब,उषा पाण्डे, निशा अधिकारी लगायत कलाकारको अभिनय रहेको छ ।