‘मधेशी पुत्र २’ चैत्र ९ बाट सिनेमा घरमा


सेलिब्रेटी नेपाल काठमाडौँ

मधेशको कथा उठाईएको चलचित्र ‘मधेशी पुत्र २’ चैत्र ९ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । नेपाली र भोजपुरी दुवै भाषामा रहेको यस चलचित्रले समग्र देशको राजनीतिक कथा लाई उठाएको छ । बिशेष मधेस आन्दोलनको कथा उठाएको यस चलचित्र लाइ निर्देशक निराजन कुमार मेहेताले निर्देशन गरेका हुन् ।

देशैभर करिब ३५ ओटा भन्दा बढी सिनेमा घरबाट प्रदर्शनमा आउने यस चलचित्रलाई बिशेष तराईका दर्शकहरुलाई केन्द्रित गर्ने बताए वितरक सुरज खड्काले । निर्माता उदित नारायाण शाह अरुणको लगानीमा निर्माण भएको हो । चलचित्रमा नायक तथा निर्देशक निराजन कुमार मेहेता, निशा घिमिरे, धुर्ब कोईराला , प्रविन लाल यादब , मनोज राज देब यादब,उषा पाण्डे, निशा अधिकारी लगायत कलाकारको अभिनय रहेको छ ।