बरिष्ठ कलाकार मदनकृष्ण धर्मपत्नी यशोदाको निधन


सेलिब्रेटी नेपाल काठमाडौँ

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको धर्मपत्नी यशोदा सुबेदी श्रेष्ठको ६७ बर्षको उमेरमा निधन भएको छ । श्रेष्ठकी पत्नी यशोदाको सोमबार साँझ निधन भएको हो। लामो समयदेखि क्यान्सर पीडित यशोदाले सोमबार राति १०ः४५ बजे हरिसिद्धीको क्यान्सर अस्पतालमा अन्तिम स्वास फेरेकी हुन् । यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिइन् । २०३० सालमा सूर्यविनायक मन्दिरमा मदनकृष्णले यशोदासँग परिवारको मञ्जुरीमा अन्तर्जातीय विवाह गरेका थिए । उनका एक छोरा र एक छोरी छन् ।

निधनको खबरलगत्तै अस्पतालमा श्रद्धान्जली दिन आफन्त, शुभचिन्तक र कलाकारहरुको भीड लागेको छ । सुवेदीको मंगलवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदैछ ।