म यस्तो गीत गाउँछु शिर्ष गीतको भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

‘म यस्तो गीत गाउँछु’को शिर्ष गीतको भिडियो रिलिज गरिएको छ । असार ३० गतेबाट रिलिज हुन लागेको यो चलचित्रको पहिले सार्बजनिक भन्छु आज र किन आज यो मन मैलोले दर्शक बाट राम्रो प्रतिक्रिया पाई सकेको छ ।

सार्वजनिक गीतको भिडियोमा नायक पल शाह र नायिका पूजा शर्माको भावनालाई चित्रण गरिएको छ । सुदर्शन थापा निर्देशित यो चलचित्रले प्रेमको कथा भन्छ । अर्जुन पोखरेलको संगीत, प्रमोद खरेल र अन्जु पन्तको स्वर, दिग्गज धौरालीको शब्द यो गीतमा रहेको छ । चलचित्रमा सरोज खनाल, रुपा राना, नविन मानन्धर, राजाराम पौडेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ । संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा पल र पूजा भावूक देखिएका छन् ।