लभ डायरिज शुशिल संग नव नायिका रुबिनाको रोमान्स


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘लभ डायरिज’ को छायांकन यतिबेला चितवनमा धमाधम भईरहेको छ । प्रेमकथा र कमेडी जनरामा बनिरहेको चलचित्रमा सौरभ चौधरीले एक्सन कट गरिरहेका छन् । निर्देशक चौधरीका अनुसार चलचित्रको ७० प्रतिशत छायांकन चितवनमा नै हुनेछ । चितवनबाहेक पोखरा र काठमाडौमा पनि छायांकन गरिनेछ । चलचित्रमा सुशिल श्रेष्ठ प्रमुख भूमिकामा रहेका छन् । उनले विदेशमा बिलासी जीवनमा बसेको एक युवकलाई उनका बुवाले व्यापार सम्हाल्न नेपाल पठाएपछि शुरु भएको एउटा संघर्षलाई चलचित्रमा देखाउने बताए ।
चलचित्र मार्फत नायिका रुविना थापाले डेब्यु गरेकी छन् ।

चलचित्रमा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे मुख्य भूमिका रहेका छन । फिल्ममा साहिल खान एसोसियट निर्देशकको रुपमा रहेका छन् । साहिल र मिलन श्रेष्ठले सम्पादन गर्ने चलचित्रमा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सह निर्माण, संजय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।