लुट निर्माता माधब वाग्ले नक्कली नोटसहित पक्राउ

सेलीब्रेटी नेपाल काठमाडौँ

चलचित्र निर्माता तथा वितरक माधव वाग्ले नक्कली नोटसहित पक्राउ परेका छन् । प्रहरीले उनी सहित ६ जनाबाट २ करोड साठ्ठी लाख त्रिसठ्ठी हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ । उनीहरुलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबु स्थानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन कुमार थापाले जानकारी दिए ।

चारढुङ्गे स्थित प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठामा खानतलासी गर्दा १ हजार दरको २ करोड ५२ लाख बरामद गरेको छ । वाग्ले चर्चित चलचित्र ‘लुट’, ‘लुट–२’, ‘छड्के’, ‘रेशम फिलिली’ लगायत चलचित्रका निर्माता तथा वितरक हुन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३