प्रदिप र जसिताको माया,प्रेम र रोदनले भरिपूर्ण ‘लिलिबिली’ ट्रेलर सार्बजनिक(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

यस बर्षको अन्तमा प्रदर्शनमा आउने प्रतिक्षित चलचित्र ‘लिलिबिली’को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा अवस्थित चलचित्र घरमा प्रेसमिट गरि ट्रेलर सार्वजनिक गरियो ।

मिलन चाम्स निर्देशितचलचित्रको ट्रेलरमा प्रदीप खड्का, अनुपविक्रम शाही, जसिता गुरुङ, प्रियंका कार्की र सबिन श्रेष्ठलाई हाइलाइट गरिएको छ । सिनेमामा मुख्य भूमिका रहे पनि ट्रेलरमा प्रियंकाको एक झलक मात्र देख्न सकिन्छ ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी रहेको छ ।चलचित्र चैत ३० देखि अलनेपाल सार्बजनिक प्रदर्शनमा आउदैछ ।