लिलिबिली पहिलो गीत सार्बजनिक यस्तो देखियो प्रदीप र जसिताको केमेस्ट्री (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रदीप खड्का अभिनित नयाँ चलचित्र ‘लिलिबिली’को पहिलो गीत सार्वजनिक गरिएको छ । स्कटल्याण्डको रमणीय स्थानहरुमा छायाँकन गरिएको गीतमा प्रदीपले जसिता गुरुङसँग स्क्रिन शेयर गरेका छन् । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले पहिले गीत सार्बजनिक गरेको हो । कार्यक्रममा चलचित्रका कलाकार,निर्माता,निर्देश्सका प्राबिधिक तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो

‘इज ईट लभ ?’ शिर्षकको गीतमा नेपाल आइडलमा तेस्रो भएका प्रताप दास र मेलिना राइले स्वर दिएका छन् । गीतमा एलिस कार्कीले संगीत दिएका छन् भने । राजेशकुमार श्रेष्ठको शब्द सिर्जना रहेको गीतको भिडियो निर्देशन कविराज गहतराजले गरेका हुन् ।

मिलन चाम्स निर्देशित ‘लिलिबिली’ निर्माण घोषणा भएसँगै चर्चा र प्रतिक्षामा रही आएको छ । चलचित्रमा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, सविन श्रेष्ठ र अनुपविक्रम शाहीको मुख्य भूमिका छ ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरेको चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी रहेको छ । चैत ३० मा रिलिज हुने भनिएको सिनेमा अनिश्चित रुपमा पोस्टपोन्ड भएको छ । निर्माण टिम सिनेमाको नयाँ रिलिज डेट छिट्टै नै सार्वजनिक गर्ने बताएको छ ।