‘एलजी सिने सर्कल अवार्ड’ निता र नाजिर उत्कृष्ट,‘लाईफटाइम एचिभमेन्ट अवार्ड’ रानालाई


सेलिब्रेटी नेपाल
काठमाडौं ।

आइतबार काठमाडौंमा ‘एलजी सिने सर्कल अवार्ड २०७५’ सम्पन्न भएको छ । राजधानीको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनःको प्रमुख उपस्थिती तथा बलिउड अभिनेता गोविन्दाको विशेष उपस्थितीमा सम्पन्न अवार्ड समारोहमा ‘लाईफटाइम एचिभमेन्ट अवार्ड’ बरिष्ठ निर्देशक किशोर रानालाई प्रदान गरियो ।

५१ हजार नगद राशी सहित ‘लिजेण्ड्री सम्मान’ रानालार्इ प्रदान गरियो । अवार्ड तर्फ बर्ष २०७४ को उत्कृष्ट अभिनेताको अवार्ड नाजिर हुसेनले चलचित्र ‘तिमी सँग’बाट प्राप्त गर्दा ‘पञ्चायत’ अभिनेत्री नीता ढुङ्गानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् ।

यस्तै उत्कृष्ट निर्देशकको अवार्ड ‘भुइँमान्छे’बाट नवराज बुढाथोकीले हात पारे । यस्तै क्रिटिक्स अवार्ड चलचित्र ‘मंगलम’ बाट पुष्प खड्काले पाएका छन् भने पपुलर अभिनेतामा ‘लिलिबिली’बाट प्रदिप खड्काले अवार्ड चुम्दा अभिनेत्री तर्फ प्रियंका कार्की चलचित्र ‘छक्का पन्जा २’बाट पपुलर घोषित भइन् । उत्कृष्ट संगीत निर्देशकको अवार्डअर्जुन पोखरेलले ‘म यस्तो गीत गाउँछु’बाट जिते भने सिनेमाटोग्राफरको अवार्ड बिदुर पाण्डेले ‘भुइँमान्छे’बाट जिते ।


अवार्ड बिजेताहरुको नामावली यसप्रकार छः

उत्कृष्ट, पोस्टर अफ दि इयर: ‘शत्रुगते’, सान थापा-विजय वश्याल
ट्रेलर अफ दि इयर: सुरेन्द्र पौडेल, ‘कृ’
स्टण्ट अफ दि इयर: ‘पिँजडा ब्याक अगेन’, सिम्पसन तामाङ
पपुलर गीत अफ दि इयर: कुटुमा कुटु, ‘दुई रुपैयाँ’
भिएफएक्स अफ दि इयर: माओत्सु मुकामी, ‘माइलभ’
कम्मेन्डेवल फिल्म अफ दि इयर: ‘पन्चायत’
पपुलर एक्टर अफ दि इयर: प्रदिप खड्का
पपुलर एक्ट्रेस अफ दि इयर: प्रियंका कार्की
व्याकग्राउण्ड स्कोर अफ दि इयर: एलिश कार्की
एडिटर अफ दि इयर: मित्र डि गुरुङ, ‘शत्रुगते’ र ‘मंगलम’
स्क्रिनप्ले अफ दि इयर: ‘तिमी सँग’
सिनेमाटोग्राफर अफ दि इयर: ‘भुइँमान्छे’, बिदुर पाण्डे
एक्सन डिरेक्टर अफ दि इयर: चन्द्र पन्त, ‘कृ’
कोरियोग्राफर अफ दि इयर: कविराज गहतराज, ‘कुटुमा कुटु’
प्लेब्याक सिंगर अफ दि इयर ‘मेल’: सुगम पोखरेल, ‘भन्छु आज’
प्लेब्याक सिंगर अफ दि इयर ‘फिमेल’: मेलिना राई, ‘कुटुमा कुटु’
अन स्क्रिन कपल अफ दि इयर: रमेश उप्रेती र दीपिका प्रसाईं
म्युजिक डिरेक्टर अफ दि इयर: अर्जुन पोखरेल, ‘भन्छु आज’
एक्ट्रेस अफ दि इयर: नीता ढुङ्गाना, ‘पञ्चायत’
एक्टर अफ दि इयर: नाजिर हुसेन, ‘तिमी सँग’
डिरेक्टर अफ दि इयर: नवराज बुढाथोकी, ‘भुइँमान्छे’
फिल्म अफ दि इयर: ‘तिमी सँग’
क्रीटिक्स अवार्ड: पुष्पल खड्का
लाइफटाइम एचिभमेन्ट अवार्डः किशोर राना