पत्रकार कुमार अब निर्देशक पनि


सेलिब्रेटी नेपाल काठमाडौँ

पछिल्लो समय चलचित्र पत्रकारहरुले निर्देशनमा हात हाली रहेका छन् केहि चलचित्र पत्रकार हरुले चलचित्र निर्देशन गरि सकेका छन् भने केहिले म्युजिक भिडियोको निर्देशन गरि रहेका छन् लामो समय देखि चलचित्र पत्रकारिता गरि रहेका कुमार आचार्यले अब निर्देशन तर्फ पनि हात हालेका छन् । कुमारले हालै अर्का रंग पत्रकार एवं गायक सुरज पौडेलको स्वरमा रहेका दुई गीतको भिडियो निर्देशन गरेका छन् ।

चितवन र नवलपरासी आसपासमा छायांकन गरिएका गीतको भिडियो चाँडै सार्वजनिक गर्ने आचार्यले बताएका छन् । भिडियोमा केहि चलचित्रमा अभिनय गरेकी रञ्जु शर्मा र म्याण्डी बाबुको अभिनय रहेको छ ।सुरजका दुईवटा डान्सिङ् गीतको भिडियोका कोरियोग्राफर जगत रामचन्द्र रेग्मीको छ । भिडियोलाइ रवि कोईरालाले छायांकन गरेका छन् ।