कृष्ण धरावासीको २३औं कृति गेस्टापो


krishna dharabasi cbn

(सेलिब्रेटी नेपाल) २२ बैशाख- साहित्यकार कृष्ण धरावासीको २३औंकृतिका रुपमा आज ‘गेस्टापो’ उपन्यासको विमोचन गरिएको छ। पैरवी बुक हाउसबाट प्रकाशित सो उपन्यासको विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काइँलाले उपन्यासमा विश्वको इतिहासलाई मानवीय दृष्टिकोणबाट हेर्न खोजिएको बताए। उपन्यासमाथि टिप्पणी गर्दै साहित्यकार डा सञ्जीव उप्रेतीले सो उपन्यासमा आत्मकथा, उपन्यास, अनुवाद, यात्रा विवरण र इतिहासलाई मिश्रण गरी प्रस्तुत गरिएको बताए।

उपन्यासकार धरावासीले जर्मनीमा १५ दिन घुम्न पाएको अवसरलाई सदुपयोग गर्दै पुस्तक लेखिएको बताउँदै इतिहासलाई औपन्यासिक रुप दिन निकै गाह्रो भएको अनुभव सुनाए। सो उपन्यासमा २०औं शताब्दीका जर्मनीका शासक हिटलरले जनतामाथि गरेको अत्याचारलाई प्रस्तुत गरिएको छ। उपन्यासमा हिटलरको आत्मकथाको तेस्रो भागसमेत रहेको बताइएको छ।