३ बर्षको अवार्ड एकै पटक बाडिने ! कबड्डी,पशुपति प्रसाद र कालोपोथी उत्कृस्ट


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र समिक्षक समाज नेपालको गत ३ वर्ष देखि रोकिएको ‘क्रिटिक्स फिल्म अवार्ड’ पुन: सुचारु हुने भएको छ । आगामी मंसीर ६ गते राजधानीमा वितरण गर्ने गरि २०७१, २०७२ र २०७३ का लागि विजेता घोषणा गरेको छ ।

यस्ता छन् तिन वर्षका अवार्ड विजेताहरु
२०७१:

सिनेमा: कबड्डी

निर्देशक: निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)

अभिनेता: दयाहाङ राई (कबड्डी)

अभिनेत्री: प्रियंका कार्की (सुन्तली)

पटकथा: रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी)

छायाँकन: ओन्ड्रा बेलिका (सुन्तली)

सम्पादन: बनिस शाह र मिलन श्रेष्ठ (ताण्डव)

पाश्र्व सगीत: जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)

२०७२: अवार्ड विजेता

सिनेमा: पशुपति प्रसाद

निर्देशक: दिपेन्द्र के खनाल (पशुपति प्रसाद)

अभिनेता: सौगात मल्ल (फन्को)

अभिनेत्री रिश्मा गुरुङ (कबड्डी कबड्डी)

पटकथा: खगेन्द्र लामिछाने (पशुपति प्रसाद)

छायाँकन: शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी)

सम्पादन: सुरेन्द्र पौडेल (क्लासिक)

२०७३: अवार्ड विजेताहरु

सिनेमा: कालोपोथी

निर्देशक: दीपक रौनियार (सेतो सुर्य)

अभिनेता: विपिन कार्की, माओत्से गुरुङ (जात्रा)

अभिनेत्री: केकी अधिकारी (लभ सासा)

पटकथा: मिन भाम र अविनाशविक्रम शाही (कालोपोथी)

छायाँकन: अजिज जाम्भाकिभ (कालोपोथी)

सम्पादन: डेभिड बार्कर (सेतो सुर्य)