चलचित्र कृ अभिनेता अनमोल र अभिनेत्री नीता उत्कृष्ट


सेलिब्रेटी नेपाल काठमाडौँ

दशौं ‘डि सिने अवार्ड’ सम्पन्न भएको छ राजधानी स्थित रास्ट्रिय सभा गृहमा सम्पन्न अवार्ड अन्तर्गत उत्कृष्ट चलचित्रको अवार्ड ‘कृ’ले जितेको छ । निर्माता भुवन केसीले उत्कृष्ट चलचित्रको अवार्ड जित्दै गर्दा सोहि चलचित्रबाट स्टार अभिनेता अनमोल केसीले उत्कृष्ट अभिनेताको अवार्ड चुमे । अनमोल स्टेज चढ्दा ताली र हुटिङ बज्यो । यस्तै अभिनेत्री तर्फ चलचित्र ‘पञ्चायत’बाट नीता ढुङ्गाना उत्कृष्ट बनिन् । उस्तै उत्कृष्ट निर्देशकको अवार्ड मिलन चाम्सले ‘लिलिबिली’बाट पाएका छन् । पपुलर चलचित्रको अवार्ड ‘छक्का पञ्जा २’ ले जित्दा पपुलर च्वाइस अवार्ड चलचित्र ‘शत्रुगते’लाई प्रदान गरियो । यस्तै क्रिटिक्स अवार्ड चलचित्रतर्फ ‘ब्लाइण्ड रक्स’, निर्देशकमा नवल नेपालले ‘मंगलम’बाट र अभिनेतामा पुष्प खड्काले सोहि चलचित्रबाट हात पारेका छन् ।

अवार्डमा लाइफटाइम लिजेण्डृी सम्मान नेपालको पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई प्रदान गरियो भने छायाँछवि चलचित्रकर्मी रजत सम्मान द्वय नरेन्द्र महर्जन र मौसमी मल्ललाई प्रदान गरियो । सञ्चारकर्मी श्याम अर्यालले छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्राप्त गरे । बर्ष २०७४ को प्रोत्साहन अवार्ड ‘संरक्षण’ निर्देशक पुणेन्द्रु झालाई प्रदान गरियो ।

अवार्ड विजेताहरुको सुची यसप्रकार छः
उत्कृष्ट एनिमेशन: ग्लेज इन्टरटेन्मेन्ट, कृ
उत्कृष्ट पार्श्वसंगीत: एलिश कार्की, लिलीबिली
उत्कृष्ट ध्वनिमिश्रण: सुनयमान श्रेष्ठ, संरक्षण
उत्कृष्ट गीतकार: धिरेन्द्र प्रेमर्षी, संरक्षण
उत्कृष्ट गायिका: विन्दु परियार, मंगलम (पर्ख पर्ख)
उत्कृष्ट गायक: सुगम पोखरेल, ऐश्वर्व (तिमी रोएको पल)
उत्कृष्ट संगीतकार: राजनराज शिवाकोटी, दुई रुपैयाँ (कुटुमा कुटु)
उत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज, दुई रुपैयाँ (कुटुमा कुटु)
उत्कृष्ट द्वन्द्व निर्देशक: हिमाल केसी, रुद्र
उत्कृष्ट बाल कलाकार: कुशाग्र भट्टराई, पिंजडा ब्याक अगेन
उत्कृष्ट हाँस्यकलाकार: केदार घिमिरे, छक्का पञ्जा २
उत्कृष्ट खलपात्र: प्रशान्त ताम्राकार, ऐश्वर्य
उत्कृष्ट कथा: नवराज बुढाथोकी, भुइँमान्छे
उत्कृष्ट पटकथा: प्रदीप भारद्वाज, लिलीबिली
उत्कृष्ट संवाद: दिपेन्द्र लामा, घामपानी
उत्कृष्ट नव नायीका: जसीता गुरुङ, लिलीबिली
उत्कृष्ट नव नायक: सलिनमान बानियाँ, ए मेरो हजुर २
उत्कृष्ट नव निर्देशक: झरना थापा, ए मेरो हजुर २
उत्कृष्ट चरीत्र अभिनेत्री: मिथिला शर्मा, मंगलम
उत्कृष्ट चरीत्र अभिनेता: पुष्कर गुरुङ, घामपानी
उत्कृष्ट सह अभिनेत्री: बर्षा राउत, छक्का पञ्जा २
उत्कृष्ट सह अभिनेता: सलोन बस्नेत, ए मेरो हजुर २
उत्कृष्ट छायाँकार: पुरुषोत्तम प्रधान, कृ
उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ, मंगलम
उत्कृष्ट अभिनेत्री: नीता ढुंगाना, पञ्चायत
उत्कृष्ट अभिनेता: अनमोल केसी, कृ
उत्कृष्ट निर्देशक: मिलन चाम्स, लिलीबिली
उत्कृष्ट चलचित्र: कृ
उत्कृष्ट पपुलर चलचित्र: छक्का पञ्जा २
क्रिटिक्स अवार्डःः

चलचित्र: व्लाइण्ड रक्स,चाम्स इन्टरटेन्मेन्ट
अभिनेताः पुष्प खड्का मंगलम
निर्देशक: नवल नेपाल, मंगलम
पपुलर च्वाइस अवार्ड: शत्रुगते
छायाँछवि लाईफटाइम लिजेण्ड्री अवार्ड: बसुन्धरा भुषाल
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: नरेन्द्र महर्जन
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: मौसमी मल्ल
छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार: श्याम अर्याल
(प्रोत्साहन) इन्करेजमेन्ट अवार्ड: पुर्णेन्दु झा, संरक्षण