कोट्याउन थाल्यो भने घाउ हुन्छ …सुवर्ण थापा



सेलेब्रिटी नेपाल पौष १४-गत महिना काठमाडौँ मा भयको किम्फ सहित हाम्रो चलचित्र सुनगाभा संसारभरी आठ ठाउँ मा देखाइयो केहीमा पुरस्कार पनि पायो  । थुप्रै प्रतिक्रियाहरु सामान्य थिय नेपालका दर्शक हरु मैंले अलि भिन्न भेटे नेपाली दर्शक चलचित्र हेर्दा हाँसे तर चलचित्रमा हाँस्नु पर्ने ठाउँ वा कमेडी सीन मेरो चलचित्रमा काँही पनि छैन ।  हाम्रो चलचित्र बजारमा बनिरहेका चलचित्र हरु खिचडी जस्तै छन्  । सबै बिसय एउटै चलचित्रमा मिसाइयको हुन्छ विदेश तिर त्यस्तो हुन्न हाम्रो बजार मा के रहेछ भने केहि मसला पुगेन भने कि त आर्ट फिल्म भनिदिने कि डकुमेन्ट्री भनिदिने यस्तोले गर्दा फरक चलचित्र बनाउने लाई अलि गार्हो हुन्छ  । संसारमा चलचित्र दुइ प्रकारका बनाइन्छन लोकल र युनिभर्सल मैले बनायको चलचित्र लोकल दर्शक लाई नै बनायको हुँ तर यसको भाषा चाँही युनिभर्सल प्रयोग गरेको छु ।  चलचित्र भनेको खाली मनोरंजन मात्र होइन यसको  आफ्नो सोच र भाषा पनि हुन्छ  ।  मेरो चलचित्रमा समाजमा धेरै चर्चा नहुने र चलचित्रमा नदेखियको दुइ महिलाको प्रेम लाई  बिषय बनाइयको छ  । यो चलचित्रमा तपाईं हरुले देख्न सक्नु हुन्छ कुनै पनि फ्रेम मा दिया र निशा छुटेको छैन मेरो मतलब मैंले उठायको बिषय एउटा मात्रै छ अरु लाई छुन्न यो चलचित्र मेरो ब्यग्तिगत कथा होइन  । मेरो जीवनको कथा पनि होइन मैले यसलाई स्पर्स मात्र गरें कोट्याईन ।   कोट्याउन थाल्यो भने घाउ हुन्छ  । लेखक र निर्देशक इमान्दार हुनु जरुरि छ संधै लोकल चलचित्र मात्र बनायर चल्दैन चलचित्रले संदेश होइन विचार र सोच दिनु पर्छ ।  चलचित्र दर्शक ले बुझ्ने हुनु पर्छ ।  (सुनगाभाका निर्देशक सुवर्ण थापा संग बार्तामा आधारित)