चलचित्र कलिउडको ट्रेलर रिलिज



सेलेब्रिटी नेपाल मंगसिर १-आगामी पौष १३ वाट प्रदर्शन हुने भनियको चलचित्र कलिउडको ट्रेलर रिलिज गरिएको छ । जि वान क्रिएसनको ब्यानरमा टंक कार्कीले निर्माण गरेको यस चलचित्रमा आर्यन सिग्देल,प्रियंका कार्कीको मुख्य अभिननय रहेको छ । संचारकर्मी नवराज आचार्यको निर्देशन रहेको चलचित्रमा सिनेमाटोग्राफर हरि हुमागाई,संगीतकार प्रदीप बास्तोला र कोरियोग्राफर रेनाशा राई रहेका छन । रिलिज गरिएको ट्रेलरमा पूर्व मिस नेपाल मलिना जोशीको नृत्यलाइ प्रस्तुत गरिएको छ।संचार कर्मी को रुपमा बिगत १ दशक देखि कान्तिपुर टेलिभिजन मा कार्यरत नबराज आचार्य ले विभिन्न म्युजिक भिडियो र टेली सिरियल निर्देशन पश्चात निर्देशन गरेका हुन्। चलचित्र कलिवूड डी भी परेर अमेरिका पुगेका आचार्य ले नेपाल आयर काम गरेको हुनाले यो चलचित्र बाट धेरै ले आशा गरेका छन्।