जतिन र रेश्माको ’यो साईनो मायाको’ आजबाट प्रर्दशन


सेलिब्रेटी नेपाल काठमाडौँ
yo saino mayako1
फ्राईडे रिलिज अन्तर्गत आज चलचित्र ’यो साईनो मायाको’ सोलो रिलिज भएको छ । गत हप्ता रिलिज ’दर्पण छायाँ २ ’ को प्रभाव अनि दर्शक चाप हलमा घट्दो रहँदा सोलो रिलिजको फाईदा ’यो साईनो मायाको’ले पाएको हो ।

अरुणकुमार प्रधान निर्देशित चलचित्रको नामले नै प्रेमभाव बोल्छ । चलचित्रमा सञ्चारकर्मी जतिन ताम्राकार र रेश्मा घिमिरे लिड अभिनयमा छन् । रेश्मा र जतिन सुबैको लागी यो फिल्म डेब्यू हो ।

किशोर भण्डारी ’डिट्ठा साब’, नवनित राज प्रधान, राजु कमेडी लगायतको अभिनय रहेको फिल्मको प्रचार प्रसार भने अन्य फिल्मको तुलनामा कम छ ।