अमेरिकामा बनेको नेपाली चलचित्र सफरको ट्रेलर यस्तो छ (भिडियो)


सेलीब्रेटी नेपाल काठमाडौँ
safar-nepali-movie
यात्रा मानिसको जीवनमा धेरै हुन्छन् । कति योजना अनुरुप कति बिना योजना । यात्रा दौरानमा भएका कतिपय घटनाहरु सम्झन योग्य र सधैका लागि अविस्मरणीय रहन्छन । युवा फिल्म्सको व्यानरमा निर्माण गरिएको चलचित्र “सफर”को ट्रेलर सार्वजानिक गरिएको छ ।चलचित्रमा तीन साथीले तय गर्ने यात्राको कथा समावेश गरिएको छ । यात्राको क्रममा साथीहरुबिचको अविस्मणीय क्षण, उतारचढाव लगायत विभिन्न रियल घटना सफरमा पाउन सकिन्छ । चलचित्रको सम्पुर्ण छायांकन अमेरिकामा गरिएको छ । चलचित्र अशोज १४ (सेप्टेम्बर ३०) बाट प्रर्दशनमा आउने छ।

मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठलाई मुख्य भुमिकामा देख्न सकिन्छ भने आशिष श्रेष्ठको सम्पादन र निर्देशन रहेको छ । चलचित्र मा सत्यराज आचार्य, धर्मेन्द्र सेवान र उज्वल मेघी गुरुङको संगीत सुन्न सकिन्छ भने चलचित्रको गीतमा शब्द उत्तम भौकाजी , अर्जुन सुबेदी र उज्वल मेघी गुरुङको रहेको छ ।