उद्धव पौडेलको ब्यबसायिक जिवनबाट सन्यास घोषणा


Uddhab-Paudel
(सेलिब्रेटी नेपाल) ३० साउन-विगत चार दशक देखिको फिल्मी यात्रालाई उद्धव पौडेलले सन्यास घोषणा गरेका छन्। उनले प्रेस विज्ञप्ती जारी गरी अबको बाँकी जिन्दगी राजनीतिक र समाजिक क्षेत्रमा समर्पित गर्ने भन्दै आफ्नो उत्तराधिकारीको रुपमा छोरी निकिता पौडेललाई चयन गरिएको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।निकिता गोपिकृष्ण मुभिज प्रा.लि सहित गोपीकृष्ण ईन्टरटेन्मेन्ट र चलचित्र बिकास कम्पनी एनएफडीसीकी अध्यक्ष समेत तोकिएकी छिन् ।

चलचित्र निर्माण, प्रदर्शन र वितरणमा अग्रस्थानमा रहदै आएका पौडेल तत्कालिन विराटनगर नगरपञ्चायतको उपप्रमुखको जिम्मेवारीसमेत बहन गरेका थिए। हाल उनि तीन दर्जन बढी सामाजिक संघ–संस्थामा आवद्ध छन्।