त्रिकोणात्मक प्रेम कथामा प्रेमी


(सेलिब्रेटी नेपाल) बुटवल
नेपाली चलचित्रको बजार विस्तार हुने क्रम बढ्दै जाँदा काठमाडौं मात्र होईन मोफसलमा पनि चलचित्र निर्माणको क्रम बढीरहेको छ । मोफसलमा चलचित्र निर्माणको कुरा जोड्दै गर्दा यसको अग्रपङ्गतीमा बुटवल र पोखराको नाम आउँछ । यही बीचमा पश्चिम नेपालको बुटवलमा अर्को नयाँ चलचित्रको सुटिङ सुरु भएको छ ।विवेक थापाको कथा तथा निर्देशन समावेश यो चलचित्रले त्रिकोणात्मक प्रेम कथालाई बोल्ने निर्माता कृष्णश्री काफ्ले बताउँछन् । चलचित्रमा काफ्लेसँगै काँसिनाथ पन्थीको लगानी रहनेछ । प्रेम र एक्शनको समिश्रण बोकेको ुप्रेमीुमा कपिल गैरे, सुजना ढकाल, निशान्त पाण्डे, आकांक्षा पराजुली, विमल डोटेल, प्रकाश चापागाईं, ईन्द्रलाल खड्गी, रेश्मा केसी, काँसिनाथ पन्थी, पशुपति नेपाल र सानोपर्दाको अभिनयको अनुभवी कलाकार सुरेन्द्र बरालको अभिनय रहनेछ ।
Premi-poster
बुटवल, काठमाडौँ, पोखरा तथा धरान लगायतका ठाउँका दृश्यहरु समावेश रहने ुप्रेमीुमा नृत्य पनि निर्देशक विवेकको समावेश हुने जानकारीमा छ । १ महिनामा सुटिङ सकाईने लक्ष्य बोकिएको यो चलचित्रका सम्पुर्ण गीत रेकर्डिङ भईसकेका छन् । जहाँ बिकाश चौधरीको संगीत समावेश छ भने चलचित्रमा समावेश चार गीतमा स्वर डेभिड शंकर र एनी श्रेष्ठको रहेको छ भने गीतको चचनाकार मदन घिमिरे र दिनेश सुवेदी छन् ।
गोपाल परियारको द्वन्द्व रहने ुप्रेमीुको अनुमानित बजेट २५ देखी ३० लाखको बीचमा रहेको निर्माता काफ्लेले बताए । मोफसलको टिमबाट नै तयार भईसकेको काफ्लेको लगानी रहेको अर्को चलचित्र ुउधुमु अहिले प्रदर्शनको तयारीमा छ ।