तिन दिने बिदा खाने चार चलचित्रको दाउ



सेलिब्रेटी नेपाल २१ फागुन – २५ गते नारी दिवस विदा, २७ गते महाशिवरात्री विदा र २९ गते ग्याल्पो ल्होसार विदा परेको छ । बिदाको मौका छोपी चलचित्र रिलिज गर्न नेपाली निर्माता निर्देशक हरुको हान थाप हुने धेरै पहिले देखि कै चलि आयको परम्परा हो । अबको सुक्रबार पनि रिलिजको लागि चार चलचित्र तम्तयार भयका छन् । क्यु प्रणाली बाट चलचित्र पल्टन रिलिज हुँदै छ । बिकाश आचार्यको चलचित्र रिदम,रेजिना उप्रेतीको बरदान,मनोज पण्डित निर्देशित चलचित्र बधशाला पनि २५ गते नै रिलिजको दाउमा छन् । बधशाला अहिले सम्म सेन्सर पास भई सकेको छैन । चलचित्रको दर्शक घटे पनि चलचित्र छानी छानी हेर्न पाउने नेपाली दर्शक हरु भाग्यमानी नै हुन् एक चलचित्र समिक्षक भन्छन । दर्शक भाग्यमानी भय पनि निर्माता निर्देशक लाई बचाउन भने केहि गर्न सक्दैनन् दर्शकहरु किनकी एकै साता चार चलचित्र रिलिज हुँदा कति ओटा हेर्न भ्याउन ?