चलचित्र द विनर बिदेशी सिनेमा संग प्रतिस्पर्धा गर्न सक्ने लेभलमा


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्रहरु पनि अब गुणस्तरीय र बिदेशी सिनेमा संग प्रतिस्पर्धा गर्न सक्ने लेभलको बन्न थालेका छन् नेपाल,दुबई र अस्ट्रेलियामा छायांकन गरिएको चलचित्र द विनरको ट्रेलर हेर्दा पनि अब नेपाली सिनेमाको स्तर बढेको हो भन्न सकिन्छ हिक्मत बिष्टको निर्देशनमा निर्माण गरिएको चलचित्र ‘द विनर’को आईतबार राजधानीमा औपचारीक कार्यक्रमका बिच फष्ट लुक र एक गीत सार्बजनिक गरिएको छ । चलचित्र बिकास बोर्ड अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा केहि समय अघि सार्बजनिक गरिएको फिल्मको टिजर र ‘आयौ तिमी मेरो जीवनमा’ बोलको भिडियो गीत सार्बजनिक गरियो ।
the winer team
पछिल्लो समय चर्चामा रहेको टिजरले उपस्थित संचारकर्मीको समेत ध्यान खिच्न सफल रह्यो । सार्बजनिक गीतमा अमित श्रेष्ठको शब्द तथा संगीत, प्रबिशा अधिकारी र किरण भुजेलको स्वर रहेको छ । सार्बजनिक गीतलाई समेत संचारकर्मीले रुचाएका छन् । गीत र टिजरको बोर्ड अध्यक्ष राजकुमार राईले समेत प्रसंसा गरे । उनले बलिउड फ्लेबरमा चलचित्रले संकेत देखाएको भन्दै स्तरीय चलचित्र निर्माणमा रहेका निर्माता र कलाकारलाई सफलताको लागि शुभकामना दिए ।
malina joshi
कार्यक्रममा पुर्ब मिस नेपाल तथा अभिनेत्री मलिना जोशी,नायक महेशमान श्रेष्ठ,मन्चिन शाक्य,कलाकार राजकुमार पन्त,रेशु तामाङ र अमित गिरी सहभागी थिए । कार्यक्रममा निर्माण कम्पनीका प्रमुख सुबोध ठकुरी,निर्माता बिकास खरेल,रितेश राणा, निर्देशक हिक्मत बिष्ट लगायतका कलाकारले चलचित्र बारे बोलेका थिए । नेपाल,दुबई र अष्ट्रेलियामा छाँयाकन गरिएको चलचित्र आउदो भदौ १७ गते प्रदर्शन हुने जानकारी गराईएको छ । चलचित्र डायमण्ड स्टार फिल्मसले निर्माण गरेको हो ।