टेम्पो चालिका बनेकी स्वस्तिमाको ‘बुलबुल’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘बुलबुल’ले माघे सङक्रान्तीको अवसर पारेर ट्रेलर सार्वजनिक गरेको छ । चलचित्रले केही दिन अघि चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई दोहोरो भूमिकामा प्रस्तुत गरेको भिडियो सार्वजनिक गर्दै माघ १ मा ट्रेलर सार्वजनिक गर्ने घोषणा गरेको थियो । सार्वजनिक ट्रेलरले स्वस्तिमा खड्काको चरित्र मार्फत चलचित्रको कथा भन्ने प्रयास गरेको छ ।

सार्बजनिक ट्रेलरमा स्वस्तिमा खड्कासँगै नवअभिनेता मुकुनभुषाल र लक्ष्मीबर्देवाले पनि पर्याप्त स्थानपाएकाछन् । निर्देशकविनोद पौडेलले बजार र आफ्नो रुचिदुवै कुरालाई मिलाएर ट्रेलरमा प्रस्तुत गर्ने जमर्को गरेको बताए । चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वलअधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् । चलचित्रलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएकाहुन् । रामराजा दाहाल चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्र भ्यालेन्टाइनको अवसर पारेर फागुन ३ गतेबाट देशभर लाग्दैछ ।