टिनेज फर्स्ट लुक पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
teenage-poster
दुई दशकदेखि चलचित्र नृत्य निर्देशनमा सक्रिय दिनेश पाख्रीनले निर्देशन गरेको चलचित्र ‘टिनेज’ को फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ। सार्बजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार नरेश बिर सिंह र प्रतिक्षा खड्का खड्का लाई फिचर गरिएको छ। स्व.बसन्तजंग रायमाझीको कथा, दिनेश पाख्रीनको पटकथा तथा निर्देशन रहने चलचित्र लाइ सुमन उप्रेतीले लेखेका हुन् । चलचित्रमा नरेश बिर सिंह, एन्जिला खड्गी, सरोज कुमार शाह, प्रतिक्षा खड्का, सरिता राजोपाध्याय, अजय खड्का, कृष्ण सिवाकोटी,निर्मल लामा लगायतको अभिनय रहेको छ । चिनिमाया वाइवा, देविका खड्का,बिरु मगर चलचित्रका निर्माता हुन् ।

सानुकाजी श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा दिक्षा पाख्रिन, सोम लामा, जनक कार्की,दिपक सिंह र लिगेस भट्टराईको नृत्य, राजु किरातीको एक्सन रहेको छ । चलचित्रमा बसन्त सापकोटा र बिकाश चौधरीको संगीत रहेको छ । गोपाल कायस्थ र नरेन्द्र महर्जन (एफ.डी.)ले डिस्ट्रिब्युसन गर्ने चलचित्रले युवा पुस्ताको कथामा निर्माण भएको छ ।