बन्ने भो चलचित्र तमस सुरुवातमै अडियो सार्बजनिक


(सेलिब्रेटी नेपाल) काठमाडौँ
अपांगता भएका व्यक्तिहरुको विषयमा आधारित रहेर चलचित्र ‘तमस’ निर्माण हुने भएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरि चलचित्र ‘तमस’ निर्माण हुने घोषणा गरिएको छ। कार्यक्रममा चलचित्रको ३ वटा अडियो गीत पनि रिलिज गरिएको छ। नायक भुवन केसीको प्रमुख आतिथ्यतामा चलचित्रको निर्माण घोषणा साथै चलचित्रको तीनवटै गीतको अडियो रिलिज गरिएको हो।
Tamas-press-Meet
अपांगताको समाजिक यथार्थता,संधर्ष तथा मनोसंघर्ष जस्ता कुरालाई चलचित्रले देखाउन खोज्ने बताइएको छ। कार्यक्रममा बोल्दै नायक भुवन केसीले चलचित्र तमसले नेपाली समाजमा एउटा अपागंता भएका व्यक्तिले पनि धेरै काम गर्न सक्छन् भन्ने उदारण दिने बताए । यस्ता चलचित्रले अपागंता भएका व्यक्तिलाई प्रोसाहान गर्ने बताउदै चलचित्र निर्माणको शुभकामना पनि दिएका थिए ।
Tamas-poster-bhuwan
त्यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले पनि चलचित्रले नेपाली समाजमा राम्रो सन्देश दिने बताउदै चलचित्र निर्माणका लागी शुभकामना दिए। चलचित्रलाई प्रकाश बस्नेतले निर्देशन गर्नेछन्। चलचित्रमा राजीन श्री आचार्य,भावना मल्ल,शौनक शिवाकोटी,राजीव सेढाई,इराधा सुवेदी,युनिशा कटुवाल,सुमित झा आदी कलाकारहरुको मुख्य भुमिका रहने छ। चलचित्रलाई सविन शिवाकोटीले निर्माण गर्न लागेका हुन्। असोज १९ गते देखी छायांकन सुरु हुने चलचित्र काठमाडौं आसपासमा खिचिने छ।