तामाङ चलचित्रकर्मी दोंङलाइ पितृशोक


सेलिब्रेटी नेपाल काठमाडौँ 
Dil-sharmaजाथेवा, चुलुई, गान्वा,दोखाङ, ह्याम्ला नाम्सा जस्ता तामाङ चलचित्रको निर्माण तथा निर्देशन गरेर तामाङ चलचित्र क्षेत्रमा राम्रै चर्चा परिचर्चा पाएका डी.बि.दोंङ लाइ पितृ शोक परेको छ । उनका पिता इन्द्र बा.दोंङ तामाङको ७० बर्षको उमेरमा निधन भयो । उनको आफ्नै स्थायी घर मेच्छे-४ पालुघाट मा उनको निधन भएको हो । इन्द्र ब.का ६ छोरा र दुइ छोरी छन् । इन्द्र ब.को निधनले तामाङ परिवार शोक मा डुबेको छ । डी.बि.दोंङ आफ्नो नयाँ नेपाली चलचित्र कमिशनको सुरुवाती कामको तयारीमा थिय अब पिताको निधन पछि केहि समयको पर्खाइमा मात्र काम थाल्ने छन् ।


मृतक आत्मा तथा शोक सन्तप्त परिवारमा हार्दिक समबेदना प्रकट गर्दछौं । सेलिब्रेटी नेपाल परिवार