स्वस्तिमा आउट आंचल इन


सेलिब्रेटी नेपाल

काठमाडौँ-केहि महिना पहिले औपचारिक कार्यक्रम गर्दै घोषणा गरिएको चलचित्र ‘दाल भात तरकारी’ को मुख्य कलाकार स्वस्तिमा खड्काले चलचित्रमा काम नगर्ने भएकी छिन । आफ्नो व्यस्तताको कारण देखाऊदै उनले चलचित्रमा काम नगर्ने भएकी हुन् । अब उनको ठाउंमा अभिनेत्री आंचल शर्माले उक्त भूमिकामा काम गर्ने भएकी छिन ।

सुदन केसीको निर्देशनमा बन्न लागेको चलचित्र मङ्सिर १ गते बाट फ्लोरमा जाँदैछ। चलचित्र ‘दाल भात तरकारी’ मह संचार र किरण केसीले निर्माण गर्दैछन् । चलचित्रमा हरिवंश आचार्य र निरुता सिंहको मुख्य भूमिका रहेको छ भने चलचित्रमा पुष्पल खड्का, बर्षा राउत, प्रियंका कार्कीको पनि मुख्य भूमिका रहनेछ । चलचित्र ‘शत्रु गते’ पश्चात आंचल शर्माले हुल मूलका चलचित्रमा काम नगर्ने बताएकी थिइन् तर उनि मल्टी स्टारर चलचित्र ‘दाल भात तरकारी’ मा काम गर्दैछिन ।