‘सुश्री सम्पति’ को पछि पछि सलोन र बिनोद (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : मङ्सिर २८ बाट प्रदर्शनमा आउने चलचित्र ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा दुई युवाले सुश्री सम्पतिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइएको छ । सार्बजनिक ट्रेलरमा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी र राजाराम पौडेल फिचर्ड छन् ।
चलचित्रको ट्रेलरलाई सहिल खानले तयार पारेका हुन् ।

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा रहेकी छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ ।