प्रियंका कार्की हट अवतारमा ‘सुश्री सम्पति’ को दोस्रो गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

‘सुश्री सम्पति’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रियंका कार्की हट अवतारमा प्रस्तुत भएकी छिन भने उनिसँगै सलोन बस्नेत , बिनोद न्यौपाने र प्रमोद अग्रहरी पनि गीतमा फिचर्ड छन् । गीतमा शब्द र संगीत सुरेश अधिकारीको रहेको छ भने यसलाई मिना निरौला र राजन इशानले स्वर दिएका छन् । तिहार आउदै गर्दा निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेको हो । ‘

सार्वजनिक ‘झुम्की’ गीतले दर्शक तथा श्रोतालाई नचाउनेमा निर्माण टिम पनि विश्वस्त छ । तिहारको कोसेली स्वरूप दर्शकलाई उपहार दिइएको गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् । सार्वजनिक हुकुम बक्सियोस गीतले दर्शक तथा श्रोताको मन जित्दै गर्दा ‘झुम्की’ सार्वजनिक भएको हो । रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् ।

चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । चलचित्रलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । चलचित्रलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् । चलचित्र मङ्सिर २८ बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।