शुष्मा र जीवनको रोमान्स २६ दिनमा प्याक अप


sushma-karki-new

(सेलिब्रेटी नेपाल) ६ असार-गएको वर्ष लगानी उठाउन सफल भएको चलचित्र विन्दासको सिक्वेलको रुपमा बन्दै गरेको ‘विन्दास-२’को सुटिङ प्याकअप भएको छ । जेठ ११ गतेबाट सुटिङ सुरु गरिएको चलचित्रको सम्पूर्ण सुटिङ २६ दिनमा सकिएको  हो।अब केहि दिनमै सम्पादन कार्य सुरु गरिने निर्देशक राजु गिरीले सेलिब्रेटी नेपाललाई जानकारी गराए। निर्देशक गिरीले भने- ‘चलचित्र को सम्पादन कार्य जति सक्दो छिटो सक्ने लक्ष्य रखिएको छ।’ निर्माता मधुकुमार श्रेष्ठले चलचित्र तिहारको अवसर पारेर कार्तिक १५ गतेलाई अल नेपाल रिलिज गर्ने बताएका छन् ।
 jiwan-raju-madhu cbn
‘विन्दास-२’मा जीवन लुइँटेल र शुष्मा कार्कीको जोडी देख्न सकिन्छ। विन्दासका सुशान्त कार्की पनि मुख्य भुमिकामा रहेका छन्। उच्च खानदानीमा ड्रग्सको कसरी प्रयोग हुन्छ ? भन्ने बारे देखाउन खोजिएको ‘विन्दास-२’ विन्दास जस्तो उत्तेजक नहुने बताइएको छ।