‘समर लभ’ भ्यालेन्टाइनमा आउने


सेलिब्रेटी नेपाल
काठमाडौँ :
सुविन भट्टराईको उपन्यास ‘समर लभ’ को कथामा बनेको चलचित्र ‘समर लभ’ आगामी माघ २५ ( भ्यालेनटाइम डे) बाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले चलचित्रको फस्टलुक पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरेको हो । सार्वजनिक फष्टलुकमा चलचित्रका मुख्य कलाकार सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री अटाएका छन् । चलचित्र ‘समर लभ’ बाट आशिष र रेवतीले डेब्यु गर्दैछन् ।

आशिष मोडलिङबाट अभिनयमा भित्रिएका हुन्, भने रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता हुन् । रेवतीले यसअघि ‘ग्याङग्स अफ नर्थवेस्ट’, ‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता ‘समर लभ’ मा काम गरिसकेकी छिन् । ‘नाई न भन्नु ल ३’ निर्देशन गरि सकेका निर्देशक मुस्कान ढकालले निर्देशन गरेको चलचित्र फ्लोरमा गएको करिब एक वर्षपछि प्रदर्शनमा आउन लागेको हो । सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने चलचित्रको संवाद सुबिन र सामीप्य मिलेर लेखेका हुन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।