लभ सेक्स र धोका ‘समर लभ’ ट्रेलर सार्वजनिक(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘समर लभ’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो सार्बजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु फिचर्ड गरिएको छ । युवा लेखक सुबिन भट्टराईद्वारा लिखित पुस्तक ‘समर लभ’ मा आधारित चलचित्र ‘समर लभ’ भ्यालेन्टाइन डेलाई लक्षित गर्दै माघ २५ मा रिलिज हुदैछ । आशिष पिया, रेवती क्षेत्रीले यसैचलचित्र मार्फत नेपाली चलचित्रमा डेब्यु गर्दैछन । यसमा आशिष ‘अतित’ र रेवती ‘साया’ को भूमिकामा छन् । ‘नाइँ नभन्नू ल ३’ निर्देशक मुस्कान ढकालले चलचित्रको निर्देशन गरेका हुन् ।

’समर लभ’मा सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने चलचित्रको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको चलचित्रमा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । चलचित्रमा पुष्पन प्रधानको संगीत रहेको छ भने चलचित्रलाई सञ्जय लामाले छायांकन गरेका हुन् । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।