‘समर लभ’ उपन्यासको लोकप्रियता चलचित्रले कायम गर्ला ?


सेलिब्रेटी नेपाल

काठमाडौँ: सामाजिक सञ्जालको प्रयोग जति नै भढ्दा पनि पछिल्लो क्रममा नेपाली पाठकहरुमा पठनिय प्रवृति बढ्दो छ । त्यसो त युवापुस्ता लक्षित उपन्यासहरु समय- समयमा बाहिर आउँदै गर्दा त्यसले पाठकहरुमा पठनिय रुची थप बढाएको एकातिर छ भने पुस्तक लेखेर पनि देशमै केहि गर्न सकिन्छ भन्ने प्रमाण पछिल्लो पुस्ताका लेखकहरुबाट प्रस्तुत हुँदै आइरहेको छ । जसबाट सिनेमा र साहित्यसँग जोडिन अभिरुची राख्नेलाई पछिल्लो पुस्ताका लेखकहरु खम्बा बनिरहेका छन् ।

उल्लेखित पङ्ग्तिहरुलाई स्थापित गर्ने पछिल्लो पुस्ताका लेखकहरु मध्ये श्रेय जाने एउटा नाम हो सुबिन भट्टराई । सुबिनले ६ बर्ष पहिले बजारमा ल्याएको ‘समर लभ’ उपन्यासले लोकप्रियता कमायो । सुबिन भन्छन्, ‘आजका दिनसम्म पनि पुस्तकको विक्री वितरणमा र यसप्रति पाठकहरुको आकर्षणमा कुनै कमी आएको छैन ।’

‘समर लभ’मा मुख्य पात्र अतित, साया र सुस्मिता अनि लेखक स्वयंमले निभाएको भुमिकाभित्र आफुलाई पाउने हरेक पाठकले अब भने चलचित्रको पर्दामै आफुलाई भेट्न पाउँदैछन् । ‘समर लभ’को कथामाथी तयार भएको चलचित्र प्रदर्शनको लागी तयार छ ।

माघ २५ बाट प्रदर्शनमा आउन लागेको चलचित्रका पात्रमा दर्शकले अनि उपन्यास पढ्ने पाठकले आफैलाई भेट्नसक्ने कुरा निर्देशक मुस्कान ढकालले यसअघि देखि बोल्दै आइरहेका छन् । चलचित्रका सार्वजनिक प्रचार सामाग्रीहरुले चलचित्र बजारमा लोकप्रियता बढाउँदो छ ।चलचित्रको युट्युवमा सार्वजनिक ट्रेलर १ मिलियन भ्यूजतर्फ अघि बढ्दै छ भने पुष्पन प्रधान संगीतबद्ध ‘साया’ बोलको सार्वजनिक गीत उत्तिकै मात्रामा हिट छ ।

पछिल्लो क्रममा अग्रपङ्ग्तिमा आएको सामाजिक सञ्जाल ‘टिकटक’मा हजारौँले ‘समर लभ’ चलचित्रको ट्रेलरमा समावेश डायलगहरुलाई प्रयोग गरिरहेका छन् । प्रेमभाव बोल्ने डायलगहरु ‘टिकटक’मा हिट लिस्टमा छन् । जुन कुराहरुले पनि पछिल्लो पुस्ताका दर्शकमाथ फिल्मले आफुलाई ‘अवेटेड’ बनाउँदै लगेको अनि लोकप्रिता बढाएको प्रमाण बोल्छ ।

चलचित्रमा अतितको भुमिकामा आशिष पिया रहँदा सायाको भुमिकामा रेवती क्षेत्री र सुस्मिताको भुमिकामा नम्रता सापकोटा छन् भने न्यारेटर (लेखक)को भुमिकामा सुरजसिंह ठकुरी छन् । चलचित्रलाई लिएर निर्देशक ढकाल भन्छन्, ‘समर लभ पुस्तकलाई पाठक तथा दर्शकले जति माया दिनु भएको छ र यसको भाव बुझ्नुभएको छ, सोहिअनुसार कथाको मर्म मर्न दिएको छैन, पुस्तक पढ्दाको मज्जालाई पर्दामा थप अब्बलताका साथ उतारेका छौँ ।’

‘मलाई थाहा छ, नेपालमा आख्यानमाथि बनेका चलचित्र राम्रो चलेका छैनन्। अझै भनूँ, पुस्तकलाई न्याय गर्ने गरी पनि बनेका छैनन्,’ निर्देशक ढकालले थपे, ‘तर यो चलचित्रलाई त्यस्तो आरोप नलागोस् भनेर म सचेत छु।’

खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेको चलचित्रमा विनोद अधिकारी कार्यकारी निर्माता र एकराज तामाङ लाइन प्रोड्यूसरमा छन् । चलचित्र टिम अघिल्लो हप्तामात्रै मोफसलका दर्शकमाझ साक्षात गर्दै पुर्व पश्चिम यात्रा सकाएर काठमाडौं फर्केको थियो । यतिबेला राजधानी केन्द्रित प्रचारमा ‘समर लभ’ टिम लागिरहेको छ ।