सुजाता ‘मेरो आफ्नो’ बाट आशाबादी


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा लागेर नाम र दाम कमाउने उदेश्यका साथ यस क्षेत्रमा प्रवेश गर्न चाहने युवा युवतीको संख्यामा बृद्दी भई रहेको छ । यस क्षेत्रमा प्रवेश गर्ने कति पयले रहर पुरा गरेर हराउने गर्दछन् भने कतिपयले निरन्तर लागेर सफलता पनि हात पर्दछन ।

नव अभिनेत्री सुजाता थापाले छोटो समयमा नै आफुलाई खरो रुपमा प्रस्तुत गर्न सफल भएकी छिन । चलचित्र ‘स्वर्ग मेरो गाउँ’,झमक बहादुरमा मुख्य भुमिकामा अभिनय गरेकी थापा हाल चलचित्र ‘मेरो आफ्नो’ को छायांकनमा व्यस्त छिन । दर्जनौं म्युजीक भिडियोमा पनि अभिनय गरिसकेकी थापाले ‘मेरो आफ्नो’ मा पनि मुख्य भुमिकामा नै देखिने छिन् । हाल चलचित्रको चितवनमा छायांकन भई रहेको छ ।

जिवन्त अभिनय गर्न रुचाउने अभिनेत्री सुजाता धेरै चलचित्र खेलेर संख्या बढाउने भन्दा थोरै र गुणात्मक चलचित्रहरु दर्शकलाई दिनु पर्ने कुरामा जोड दिन्छिन् । उनि आफ्नो पछिल्लो चलचित्र ‘मेरो आफ्नो’ बाट आशाबादी रहेको बताउछिन ।