सामाजिक भेदभावमा आधारित सुनपानीको असार ५ गते फेमिली शो


सेलिब्रेटी नेपाल काठमाडौँ
सामाजिक भेदभावमा आधारित रहेर समाजको रुपान्तरणका लागि बनेको चलचित्र ‘सुनपानी’ ले असार ५ गते कलंकी हलमा आफ्नो पहिलो फेमिली शो को आयोजना गर्ने भएको छ। जातीय भेदभावविरुद्ध निर्माण भएको यो चलचित्रले सन्देश बोक्दै समाजका लागि उत्तरदायित्व निर्वाह गर्न सक्छ भन्ने उद्देश्यका साथ सुनपानी निर्माण गरिएको निर्माता चेत राजाले जानकारी दिए।
Sunpani-Poster
गुन्जन एण्ड कुसुम फिल्म्सको प्रस्तुतिमा लायन चेतबहादुर सिंहले निर्माण गरेको सुनपानीका निर्देशक सविन बास्तोला रहेका छन्। सुनपानीमा सविन बास्तोला, तारा केसी, अग्रज केसी, आशा भुसाल, नवीन तिमिल्सिना, निशा शाह, बुद्धिसागर खनाल, दिलिप तामाङ, चेत राजा, स्वस्तिका लामिछाने लगायतका कलाकारहरुको अभिनय रहेको छ। विमलराज क्षेत्रीको संगीत रहेको चलचित्र सामाजिक जनजागरणका लागि तयार पारिएकोले विभिन्न शहरमा च्यारिटी शो गर्दै जाने र केहि समय पछि रिलिज गरिने लक्ष्य निर्माण युनिटको रहेको छ।