धुर्मुस र निताको सुहागरात (फोटो फिचर)


Dhurmus_neeta-2
(सेलिब्रेटी नेपाल) २६ असार-सिताराम अर्थात धुर्मुसको त सुन्तली (कुञ्जना घिमिरे)सँग बिहे भइसकेको होइन भन्या ! फेरि अर्को बिहे लौन के गरेको धुर्मुसले ? यस्तै खासखुस चल्दै थियो । यस्तो कुरा नहोस् पनि किन ? धुर्मुस विवाहको पोशाकमा नायिका नीता ढुंगानासँ गफ गर्दै थिए । नीता पनि बेहुली बन्दा धपक्कै बलेकी थिइन् । धुर्मुसको हँसाउने बानी, विवाहको दिन पनि हँसाउन छाडेनन्।
Dhurmus_neeta
हाँस्य कलाकार न परे । उनले केही बोल्दा वरिपरिका सबैजना हाँस्दै थिए । तर, धुर्मुसले केही बोलिसकेपछि छेउमै रहेका दिनेश डिसीले कट भन्दा पो यो सुटिङ पो रहेछ भन्ने पनि धेरै थिए । यी सबै हास्य कलाकारकी एक्ली नायिका भने नीता ढुंगाना बनेकी छन् । पूर्णत हास्यप्रधान चलचित्र ६ एकान ६ की मुख्य सहायक निर्देशक भने दिपाश्री निरौला हुन् । उनले चलचित्रमा अभिनय भने गरेकी छैनन । उनी भन्छिन्, ‘रोल नै निस्केन, तर, अरुलाई सिकाएर अनि दिनेश दाईबाट सिकेर धेरै कुरा जान्दैछु ।’Dhurmus_neeta-3 निर्देशक दिनेश डिसी पनि आफ्ना चेला दिपकराज गिरीले बनाएको चलचित्रमा आफूलाई निर्देशन गर्न जिम्मा दिएकोमा खुशी थिए । उनी भन्छन्, सायद गुरुदक्षिणा हुनुपर्छ ।’
Dhurmus_sitaram
मेची काली डट कम बाट