चलेछ बतास सुस्तरीको सिम सिम दर्शक हल सम्म तान्न सक्ने गीत (भिडियो)


माघ २९ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्र चलेछ बतास सुस्तरीको नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रका केहि डाइलग चर्चित बन्दै गई रहेका बेला यस अघि सार्वजनिक गरेको गीतले पनि केहि चर्चा पाएको थियो । कति आए मंसिर महिना कति आए बैशाख बोलको गीत सार्वजनिक भएको हो । स्क्रिप्ट राइटर प्रदिप भारद्धाजले निर्माण गरेको यो चलचित्रका ‘मा कसम हिरो बन्ने रहर त बच्चै देखि थियो’, ‘बतास त चलि सक्यो चल्न देउ’, ‘अब पनि तिमले मेरो फलो गरेउ भने हनुमान ढोकामा जाकिदिन्छु’, ‘जवानी त साला बाजै बजाएर आयो’ लगायतका डाइलगहरु चर्चामा रहेको बेला अर्को गीत सार्वजनिक गरिएको हो । जेम्स प्रधानको आवाजमा रहेको यस गीतले हल सम्म दर्शक तान्न मद्दत पुर्याउने छ।
sim-sim-sushma-karki
प्रदिप भारद्धाजको शब्दमा बिकाश चौधरीको संगीत रहेको गीत सार्वजनिक भएको हो । रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा चलचित्रका मुख्य पात्र प्रमोद भारद्धाज र सुष्मा कार्कीलाई फिचरिंग गरिएको छ । सबु सुबेदि र अनिला खड्काले फिल्म निर्देशन गरेका यो फिल्म क्रस फिंगर्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।