शिल्पा र अनुप एकअर्कालाई भन्दैछन् ‘तिमी पुलिस म नि पुलिस'(भिडियो )


सेलिब्रेटी नेपाल काठमाडौँ

शिल्पा पोखरेल र अनुप बिक्रम शाहीको मुख्य भूमिका रहेको चलचित्र ‘वीराङ्गना’ को पहिलो गीत ‘तिमी पुलिस म नि पुलिस’ सार्वजनिक गरिएको छ । आगामी असार २९ बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘वीराङ्गना’को पहिलो गीत राजधानीमामा बिहीबार भएको डि सिने अवार्डमा सार्वजनिक गरिएको हो।

गीतमा चलचित्रका मुख्य कलाकार अनुपविक्रम शाही र शिल्पा पोखरेलले फिचरिङ छन् । गीतमा दिपक शर्माको संगीत, सहिमा श्रेष्ठ र योन्जक लामाको स्वर, दिनेश सुवेदीको शब्द र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । एक्शन जनराको नारी प्रदान चलचित्र लाई राज बहादुर सानेले निर्देशन गरेका हुन् । चलचित्रमा हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ ।

बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेको चलचित्र लाइ र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो चलचित्रमा शिल्पा र अनुपको अलवा पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धुर्ब कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।