शिबमको पञ्चायत छायांकन सकियो


सेलिब्रेटी नेपाल काठमाडौँ
panchayat-movie
स्क्रिप्ट लेखन बाट निर्देशनमा हात हालेका निर्देशक शिबम अधिकारीको निर्देशनमा बनेको चलचित्र पञ्चायतको छायांकन सकिएको छ । एक गीत तिहारपछि मात्र खिचिने गरि अहिलेलाई सुटिङ प्याकअप गरिएको हो । निर्माण टीमले २० दिनको सुटिङ सेड्युलमा चलचित्रको छायांकन सकाएको हो । आफुहरुले दिनरात नभनी निरन्तर १८ देखि २४ घण्टासम्म काम गरेको चलचित्रका निर्देशक शिवम अधिकारीले बताए ।

बाग्लुङ सहित पश्चिमाञ्चलका विभिन्न ग्रामिण परिवेशमा खिचिएको चलचित्रले ५० बर्ष पुरानो कथा बोकेको छ । जसलाई जिवन्त देखाउन ग्रामिण क्षेत्रमै चलचित्र खिचिएको हो । चलचित्रमा सरोज खनाल र निता ढुङगाना केन्द्रिय भुमिकामा छन । त्यस्तै रुपा राना, बिशाल पहाडि गिता अधिकारी, किरण थापा, जाहन्वी बस्नेत, गणेश गिरी, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ । सुशान्त श्रेष्ठ र शंकर सुवेदि निर्माता रहेको चलचित्रमा मेनुका ढुङगाना सहनिर्माता हुन । चलचित्रलाई रामेश्वर कार्कीले खिचेका हुन